मोदीमा आधारभूत तहको परीक्षा आजबाट शुरू

पर्वत।

जिल्लाको मोदी गाउँपालिकामा आधारभूत शिक्षा (कक्षा ८) परीक्षा आज बाट शुरू भएको छ । आज पहिलो दिन गणित विषयको परीक्षा शान्त र मर्यादित ढङ्गले सम्पन्न भएको हो ।

स्थानीय सरकारको क्षेत्राधिकार भित्र रहेको आधारभूत शिक्षा परीक्षालाई स्वच्छ, व्यवस्थित र मर्यादित बनाउन साथै सबै पक्षलाई जिम्मेवार बनाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकामा एउटै परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गरिएको शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

आधारभूत तहको परीक्षा केन्द्र डिमुवामा रहेको नवजागृत बहुमुखी क्याम्पसमा कायम गरिएको छ भने परीक्षा संचालनमा गाउँ पालिकाका कर्मचारी खटाइएको छ । सो परीक्षामा गाउँ पालिका भित्र रहेका विद्यालयहरुका ३ सय १७ जना विद्यार्थीहरु सहभागी भएका छन् । उक्त परीक्षा यही फागुन २८ गते सकिने र गाउँ पालिकाले नै नतिजा प्रकाशित गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *