पर्बत जेसिजले जेसिज सप्ताह २०२४ को दोस्रो दिनको स्लो बाइक रेस प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
पर्बत जेसिजले जेसिज सप्ताह २०२४ को अवसरमा दोस्रो दिनको कार्यक्रम अन्तर्गत स्लो बाइक रेस तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रमुख रबिन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा पर्बत जेसिज बर्स २०२४ का अध्यक्ष जेसि मिलन पौडेल, ट्राफिक प्रहरी प्रमुख, पर्बत जेसिज अध्यक्षिय क्लबका अध्यक्ष बिनोदकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू बिष्णु नेवार, प्रेम कुमार गुरुङ, उषा चापागाई लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ७२ जना प्रतिस्पर्धीहरू सहभागी थिए। स्लो बाइक रेसमा फलेवास नगरपालिकाका नवीन कुँवरले १ मिनेट ५७ सेकेन्ड ३९ मिलि सेकेन्डमा ट्र्याक पार गर्दै प्रथम स्थान प्राप्त गरे भने कुश्मा नगरपालिका–१२ का रबि केसीले १ मिनेट ५१ सेकेन्ड ३९ मिलि सेकेन्डमा ट्र्याक पार गर्दै दोस्रो स्थान हासिल गरे।
प्रतियोगिताका विजेताहरूलाई क्रमशः १० लिटर र ५ लिटर पेट्रोल पुरस्कार स्वरूप प्रदान गरिने भएको छ। पुरस्कारको सौजन्य पर्बत आयल निगमले गरेको हो।
कार्यक्रममा विभिन्न अतिथि तथा सयौं दर्शकहरूको पनि उपस्थिति रहेको थियो।