पैंयूमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु: अध्यक्ष ठकुरीद्वारा उद्घाटन

पर्वत ।

जिल्लाको पैयूँ गाउँपालिकाको आयोजनामा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०८१ , एक समारोहका वीच शुक्रबार देखि शुरू भएको छ ।  पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले सो प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जिबन गैरेले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो ।  गाउँपालिकाका पुर्व अध्यक्ष खगेन्द्र प्रसाद तिवारी, गाउँपालिका उपाध्यक्ष याम कुमारी राना ले  शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

गाउँ पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले खेलकुद तथा शिक्षा क्षेत्रमा गाउँपालिकाले गर्न खोजेका सकारात्मक कदम हरुको वारेमा सम्वोधन गर्दै उद्घाटन समारोहको समापन गर्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत गोविन्दराज सुवेदी ले गर्नुभएको थियो।

उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनैतिक पार्टीका अध्यक्ष तथा प्रतिनिधि,  विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सामाजिक तथा वौद्धिक व्यक्तित्वहरु, शिक्षक, कर्मचारी, विद्यार्थिहरु, अभिभावकहरु लगायत करीव २ हजार जनाको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *