मोदी गाँउपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, खेलमैदानलाई व्यबस्थित गर्ने सांसद गिरीको प्रतिबद्दता

पर्वत ।

मोदी गाँउपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। नवजागृत बहुमुखी क्याम्पसस्थित मोदी खेलमैदानमा मंगलबार देखि प्रतियोगिता सुरु भएको हो।

चौथो राष्ट्रपति रनिङ शिल्डप्रतियोगिताको समुद्धघाटन कार्यक्रम पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद गिरीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो। खेलाडी कहिल्यै पनि नहार्ने र सधै जित्ने बताउदै खेलाडी खेलमा हारे पनि स्वास्थ्यमा जहिल्यै पनि जित्ने भएकाले खेल मानव जीवनमा महत्वपूर्ण रहेको गिरीले बताउनुभयो ।खेलमैदानलाई व्यबस्थित गर्न पहल गर्ने बताउदै मोदीको समृद्धीको लागि आफु हर कदम लागि रहने गिरीले प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत उपाध्यक्ष विमल लामिछानेले गर्नुभएको थियो । प्रतियोगितामा गाँउपालिका भित्रका १५ विद्यालयहरु सहभागी भएका छन् ।२८ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा भलिबल, दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याबलिङथ्रो, सटपुट , कबड्डी र मार्सलआर्ट खेलहरु खेलाइने छन्। समुद्धघाटन कार्यक्रममा जनप्रतिनिधि, राजनितीक दल, संघसस्था, टोल विकास संस्था, महिला समुह, युवा क्लब सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, विद्यालयका शिक्षक, अविभावक, विद्यार्थी लगायत खेलप्रेमीहरूको उपस्थिति रहेको थियो । समुद्धघाटन कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख शिक्षा अधिकृत दिनेश शर्माले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *