क्याङ काे शिर्पूमा ध्यान केन्द्र निर्माणको लागि डिपिआर तयार हुँदै

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाको वडा नं ४ काे शिर्पुमा ध्यान केन्द्र निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न थालिएको छ । शुक्रबार लुम्बिनी गार्डेन फाउन्डेसन र मोदि गाउँपालिकाबीच उक्त परियोजनाका सम्बन्धमा छलफल भएको हो ।

उक्त  कार्यक्रममा वडा नम्बर ४ को शिर्पुमा निर्माणका लागि पहल भैइरहेको शिर्पु ध्यान केन्द्र परियोजनाको पहिलो चरणको डि पि आर को प्रस्तुतिको छलफल तथा अन्तरर्किया गरिएको थियो ।

सो कार्यक्रममा मोदि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,लगायत जनप्रतिनिधि र लुम्बिनी गार्डेन फाउन्डेसन का उपाध्यक्ष गोविन्द्र प्रसाद सुबेदी,महासचिव एकराज गिरि(लुम्बिनी गाडेन फाउन्डेसन प्रतिनिधि स्पेन )विश्व कार्की(काठमाडौं प्रतिनिधि लुम्बिनी गाडेन फाउन्डेसन) हिना ज्ञवाली,अमृत नारकर शाखा प्रमुखहरु र वडा नम्बर ४ लेस्पारका वन समितिका अध्यक्ष लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

डि पि आर को  थप कार्यका लागि भोलि शनिबार  शिर्पुमा उक्त टोली रहने गाउँ पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *