केन्द्रीय सत्ता परिवर्तनको पराकम्प: सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

काठमाण्डौ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री शाहले सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सोही मन्त्रालयको राज्यमन्त्री गीतादेवी माललाई पदबाट हटाएका हुन्।

मन्त्री हटाएपछि ती दुवै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँसँग राखेका छन्। राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति बनेपछि उक्त निर्णय लिइएको शाहले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

अन्य सहयात्री दलका मन्त्रीहरु भने कायमै रहेकाले प्रदेश सभामा उनको पार्टीको बहुमत भने सुरक्षित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *