पर्वत ।
जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण हेडक्वाटर चण्डिका गणको संयुक्त आयोजना तथा नयाँ रणभिम गुल्म पर्वतसंगको सहकार्यमा कुश्मा नगरपालिका वडा नं ५ स्थित खेल मैदानमा मुख्य निर्वाचन अधिकृत वासुदेव पौडेलको प्रमुख अतिथ्यतामा संयुक्त मतदान केन्द्रको नमुना अभ्यास कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अन्य विशिष्ट अतिथिहरू प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, सशस्त्र प्रहरी बल २५ नं गण हेडक्वाटर चण्डिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्री, जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादव सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी कार्यालयका प्रमुख एंव कर्मचारीहरू, पत्रकार, निर्वाचन प्रहरीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित एवं भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्था, नमुना मतदान स्थलको निर्माण, अवलोकन तथा मतदान प्रकृया, सिलसिलेवार बल प्रयोग सम्बन्धी नमुना अभ्यास गराईएको थियो ।


