काठमाडौं ।
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
माल्दिभ्सको मालेमा आज भएको फाइनल खेलामा पुलिस क्लबले उज्वेकिस्तानको हुमो क्लबलाई तीन-शून्यको सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
नेपाल पुलिस क्लबको तर्फबाट सरस्वती चौधरी, उषा भण्डारी , सुमित्रा रेग्मी लगायतका खेलाडीहरू खेलेका थिए । पुलिस अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।