सुनको मूल्य घट्यो

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन एक लाख १५ हजार ४ सय र तेजाबी सुन एक लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुन एक लाख १५ हजार ९ सय र तेजाबी सुनको मूल्य एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ४१५ रुपैयाँमा नै किनबेच भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *