पर्वत ।
कालीगण्डकी नदीको बहाव बढेर पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा बस्तीमा पसेपछि २५ घर बगेका छन् ।
आइतबार बिहान करिब ८ बजे भएको घटनामा करिब ८० घरमध्ये बाँकी घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ ।
घटनामा मानवीय क्षति नभएको र सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।