कोशी, बागमती र गण्डकीमा ठूलो वर्षाको सम्भावना ; कतै वर्षा कतै खडेरी

पर्वत ।

कोशी, बागमती र लुम्बिनी प्रदेशसहित देशका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

यसैबीच हिजो र अस्ति ठूलो पानी पर्ने पूर्वानुमान भए पनि त्यसअनुसार पानी परेन । मनसुन शुरू भएयता निकै कम पानी परेको मधेश प्रदेशमा यस पटक पनि पर्याप्त पानी पर्न सकेन । पर्याप्त पानी नपरेका कारण मधेशसँगै मध्यपहाडका धेरै ठाउँमा अझै रोपाइँ हुन सकेको छैन ।  सिँचाइको सुविधा नभएका खेतहरु बाँझै छन् ।

पूर्बानुमान अनुसार वर्षा नहुँदा धान रोपाईमा समस्या परेको छ । यसपाली मनसुनमा औषतभन्दा बढी बर्षा हुने पूर्वानुमान रहेकोमा मनसुन भित्रिएको डेढ महिनासम्म अपेक्षित वर्षा भएको छैन । तर मनसुनको अवधि अझै झन्डै साढे दुई महिना रहेकोले ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसमविदको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *