साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने

काठमाडौँ ।

आगामी साउनदेखि बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक तलब बढेर आउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमा सरकारले सशर्त अनुदान वृद्धि गरेको छ । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गर्दै सङ्घीय सरकारबाट उपलब्ध गराउने पारिश्रमिक वृद्धि हुने भएको हो ।

आगामी साउनदेखि बाल विकास शिक्षकले मासिक १२ हजार, लेखापालले १५ हजार र विद्यालय सहयोगीले १० हजार पाउने भएका हुन् । शिक्षा मन्त्रालयद्वारा बजेट उपशीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण अन्तर्गतको रकम वृद्धि गरिएको हो ।

यसमा स्थानीय तहहरूले समेत थप अनुदान दिँदै आएका छन् । अहिले सङ्घीय सरकारबाट पाउने रकममा सात हजार रुपैयाँ स्थानीय तहले उपलब्ध गराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *