तिलाहार मेला २०८२ को समुद्घाटन कार्यक्रम सम्पन्न 

पर्वत ।

शुभ दिपावलीको पावन अवसरमा तिलाहार युवा क्लबको आयोजनामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम तिलाहार मेला २०८२ को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्घाटन समारोहमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले युवाहरुको सक्रियता र रचनात्मक प्रयासले गाउँमै सकारात्मक परिवर्तन सम्भव हुने बताउँदै यस्ता कार्यक्रमहरुले सामाजिक एकता र प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउने उल्लेख गरिन्। साथै भलिबल खेलको प्रथम पुरस्कार गाँउपालिकाले ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । कार्यक्रम कार्तिक १ बाट सुरु भई कात्तिक ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। मेलामा भलिबल खेल प्रतियोगिता, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन्।

कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी,वडाध्यक्ष दिपेन्द्र जंग लामिछाने, नव जागृत माविका प्रध्यानध्यापक बिष्णु सुवेदी लगायत स्थानीय,महिला समुह,टोल विकास संस्था,विद्यार्थी,खेलाडीहरुको उपस्थिति रहेको थियो । स्थानीय बासिन्दा, विद्यालय, संघसंस्था र विभिन्न समुदायको सहयोगमा सञ्चालन कार्यक्रमले तिलाहार क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *