पर्वत ।
जेन–जी सहित सम्पूर्ण नेपालीहरूमा बालेन् शाहले धैर्य गर्न आग्रह गरेका छन् । उनी लेख्छन् – अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो। यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ। अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला। सम्माननिय रास्ट्रपति ज्यु , Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।
मंगलबार देश व्यापी आगजनी र आक्रमण भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सेनाको सुरक्षा घेरामा रहेको खबर प्राप्त भएको छ ।
जेन जी युवाहरु बीच प्रधान मन्त्री कसलाई बनाउने भन्ने विषयमा आज दिनभर भर्चुअल छलफल भएको थियो । सो छलफलमा सुशीला कार्कीको नाममा धेरै मत परेको थियो ।