पर्वत ।
जिल्लाको मोदी गाउँ पालिकाको बाजुङमा अवस्थित महेन्द्र शिखरी मा. वि. मा शुक्रबार अभिभावक भेलाबाट एघार सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । शिक्षा नियमावली २०५९ (संशोधन सहित) काे परिच्छेद ६ नियम ३० काे उपनियम २ बमाेजिम गठित उक्त समितिकाे अध्यक्षमा रुद्र बहादुर मल्ल चयन हुनुभएकाे छ भने अन्य सदस्यहरुमा मनु मल्ल, सुनिता पाैडेल, देवी पाैडेल, मैना विक, बेल बहादुर केसी, पार्वती खड्का क्षेत्री, डिल बहादुर दर्जी रहनु भएको छ।
वि. व्य. स. अध्यक्ष र प्रअ पदेन सदस्य रहने उक्त समितिले विद्यालयमा खास गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा वि. व्य. स. लाई सुझाव दिने तथा विद्यालयीय गतिविधिहरुकाे नियमन र मूल्याङ्कन गर्ने छ ।
वि. व्य. स. सदस्य गणेश बहादुर हमालले स्वागत र विद्यालयका निप्रअ खड्क क्षेत्रीले सहजीकरणम गर्नु भएको उक्त अभिभावक भेला वि. व्य. स. अध्यक्ष ताराखर अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।