स्वस्थ्य जीवनका लागि मोदीमा योग तथा ध्यान कार्यक्रम सम्पन्न

पर्वत ।

सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजना र मोदी गाउँपालिकाको समन्वयमा मोदी गाउँपालिका गाँउकार्यपालिकाको कार्यालयमा स्वास्थ्य जीवन अपनाउनका लागि पालिका स्तरीय १ दिने योग तथा ध्यान कार्यक्रम सम्पन्न भएको छ । तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता बनाउने र योग तथा ध्यानले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन साथै रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु बेस भन्ने सन्देश दिन योग शिविर आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले बताउनुभयो।

कार्यक्रमका अध्यक्ष तथा मोदी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग तथा ध्यान महत्वपुर्ण हुने उल्लेख गर्नुभयो।

सञ्जिवनी योग सेन्टरका प्रशिक्षक यज्ञ प्रसाद पंगेनी र जीवन विज्ञानका प्रशिक्षक कमला शर्माले प्रशिक्षण गराउनुभएको हो ।योग तथा ध्यान शिविरमा जनप्रतिनिधि,कार्मचारी,सामाजिक ब्यक्तित्व,पार्टाका प्रमुख तथा प्रतिनिधि,शिक्षक,विद्यार्थी, महिला समुह गरी ११९ जनाको सहभागिता रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *