पर्वत ।
जिल्लाको मोदी गाउँपालिका–४ क्याङमा शनिबार बिहान बोलेरो जिप पहिरोले पुरेको छ। पूजा सकेर कुस्मा फर्कने यात्रुहरू बोकेर ल्याएको ध.क.ज ५५८ नम्बरको बोलेरो जिप पहिरोले पुरेको हो।
जिपमा सवार यात्रुहरू पहिल्यै झरेर सुरक्षित स्थानमा गएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जनै पूर्णिमाको दिन मोदी गाउँपालिका–४ लेस्पारस्थित सहस्रधारामा रहेको बराह मन्दिरमा ठूलो संख्यामा श्रद्धालुहरू पूजाआजाका लागि पुग्ने गर्छन्।