पर्वतमा ट्राफिक सप्ताह सुरु

पर्वत ।

ट्राफिक सचेतनामा बृद्धि गरी सवारी दुर्घटनामा न्यूनीकरण  गर्ने उद्धेश्य राखेर मंगलबारदेखि पर्वतमा पनि ट्राफिक सप्ताह सुरु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा मंगलबारदेखि वैशाख ३१ गतेसम्म पर्वतको सदरमुकाम कुश्मा बजारदेखि ग्रामिण क्षेत्रसम्म पुगेर बिभिन्न कार्यक्रमहरु गर्न लागिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक सिताराम ओझाले जानकारी दिए । मंगलवार पहिलो दिन ट्राफिक सचेतना प्लेकार्ड सहित ¥याली निकालेर औपचारिक कार्यक्रमको शुरूवात गरिएको छ ।

ट्राफिक सप्ताह अन्तर्गत मंगलबार पहिलो दिन जिल्लामा रहेका ट्राफिक पोष्टहरुबाट लघु सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै लामो दूरीका सवारीमा गण्डकी प्रदेशमा ट्राफिक सप्ताह सुरु लेखिएका ब्यानरहरु टाँसिएको छ । चैत २६ गते चोक चोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, पैदलयात्रुलाई बाटो काट्न सिकाउने, सडकका खाडहरु पुर्ने, अव्यवस्थित पार्किङ हटाउने काम हुनेछन् ।

तेस्रो दिन चैत २७ गते ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, चौथो दिन चैत २८ गते चालक परिचालक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ । पाँचौँ दिन चैत २९ गते मानिसको बढी आवतजावत हुने स्थानमा सडक प्रयोगकर्ता र विद्यालयमा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने, छैटौँ दिन चैत ३० गते स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा चालक र सहचालकहरुको रक्तचाप, आँखा, छाती तथा अन्य स्वास्थ्य परीक्षण गर्ने तथा कुनै रोगको नियमित औषधि सेवन गरे नगरेको यकिन गरेर नियमित रुपमा औषधि सेवनको लागि प्रोत्सहान गर्ने कार्यक्रम छ ।

सप्ताहको अन्तिम तथा सातौँ दिन पत्रकारहरुसँग सात दिने ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धि समिक्षा सहितको अन्तरक्रिया कार्यक्रम राखिएको छ । सोही दिन नै यातायात व्यवसायी, मजदुर, शैक्षिक संस्था, स्थानीय तह, सामाजिक संघ संस्था तथा सरोकारवाला नियकाहरुको उपस्थितिमा सवारी दुर्घटनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरी ट्राफिक सप्ताहको समापन गर्ने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *