जननेत्र मा.वि.मा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण

पर्वत ।
जिल्लाको मोदी गाउँपालिकामा रहेको जननेत्र मा.वि.मा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धिमराज पाैडेल, शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख मोतिलाल चापागाईं, सोडेक नेपालका अध्यक्ष देवी प्रसाद तिमिल्सिना, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, वडाध्यक्ष बेल बहादुर कार्की, साेडेक नेपालका शिक्षा तथा संरक्षण अधिकृत ऋषि राम भुसाल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
May be an image of 5 people and people standing
कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धिम राज पौडेलले बालबालिका र विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि गुडनेवर्स इन्टरनेशनल र सोडेक नेपालले खेलेको भूमिकाको प्रशंसा गर्नु भयो । शिक्षा क्षेत्रको सुधार गर्नका लागि, शिक्षकको भूमिका र अभिभावकको सक्रियता बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
May be an image of 4 people and people standing
परियोजनाले पर्वतका विभिन्न २७ विद्यालयका १ हजार १ सय ७० बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ भने मोदी गाउँ पालिकाका ७ सय १० जना विद्यार्थीहरुले वर्षेनी शैक्षिक सामग्री तथा पोसाक प्राप्त गर्दै आई रहेका छन् ।
कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री सँगै पोशाक र स्वास्थ्य परीक्षण कार्यक्रम समेत सञ्चालन हुँदै आएको सोडेक नेपालका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाले बताउनु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बालबालिकालाई नियमित विद्यालय आउने जाने वातावरण सिर्जना गर्न र स्वास्थ्य सरसफाईमा ध्यान दिन अभिभावकहरुलाई आग्रह गर्नुभयो । सो संस्थाले शैक्षिक गुणस्तरका लागि विद्यालयमा आधुनिक प्रविधि सहितको पठन पाठनका लागि समेत कम्प्युटर र प्रोजेक्टर सहयोग गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाईंकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जननेत्र बाल क्लबका अध्यक्ष सन्दिप चापागाईं र प्रधानाध्यापक दिपक शर्माले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भूमिराज शर्माले गर्नु भएको थियो ।
May be an image of 5 people and people standing
May be an image of 1 person and outdoors
May be an image of text that says 'SORDEC-Nepal कक्षा नर्सरी देखि ४देखि५ ६देखि5 ९२१० नरसरी देखि कापी 50 पेज ६ 5 0 0 जुत्ता जोडी _& International Good Neighbors एकीकृत सामुदायिक विकास परियोजना शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम २०७९ एक विद्यार्थीले प्राप्त गर्ने सामग्रीहरुको विवरण कापी १६० पेज डटपेन सिसाकलम इरेजर सार्पनर 0 १० ሂ ३ 0 ६ ३ २ ੧३ ६ ર २ १5 ६ मौजा सर्ट कपडा जोडी आर्थिक तथा प्राविधिक सहयोग: गुड नेवर्स इन्टरनेशनल, नेपाल ૪ ६ डटपेन रिफिल कैफियत समन्वय: मोदी माउंपालिका गाडकार्पलिकाको माडक्गवि्ाकोकारयालर._पातिवर_प्वत कार्यालय, पातिवौर ሂ ૧૦ ૧૦ पाइन्ट वा स्कर्ट कपडा सेट आयोजक सोडेक नेपाल. पर्वत 2022/12/2 11:21'

Leave a Reply

Your email address will not be published. Required fields are marked *