डेनमार्कमा रहेका बालबालिकालाई मिथिला चित्रको ज्ञान

काठमाडौं।

युरोप भ्रमणको क्रममा मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिनुभएको छ। चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिनुभएको हो। गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको हो ।

कार्यशालामा गएका अभिभावकले मिथिला चित्रकलाप्रति आकर्षित भएर चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए।उक्त अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो।

युरोपका देशमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव वैशाख ६ गतेदेखि युरोप भ्रमणमा हुनुहुन्छ ।

जर्मनीको फ्र्यान्कफर्टमा वैशाख ८ गते चित्रकार यादवको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो।राजधानी कोपनहेगनमा एक दिवसीय मिथिला कला वर्कसपको आयोजना एनआएन डेनमार्कले गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *