नेपालको संविधान २०७२ को भाग ३, मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको बारेमा उल्लेख गरिए अनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण जन्म दर्ताको हक हुने छ , प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट स्वास्थ्य शिक्षा पालनपोषण उचित स्यारसुसार खेलकुद मनोरञ्जन तथा सर्वागिण व्यक्तित्व विकासको हक हुने छ ,प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा सहभागिताको हक हुनेछ ,कुनै पनि बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ,कुनै पनि बालबालिकालाई बाल विवाह गैर कानुनी ओसारपसरा र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन् । आजको परिर्वतित समय संगसंगै बाल अधिकारलाई देशको मुल कानुन संविधानमै पनि समेटिएको छ ।यस्तै बिषयहरुलाई मध्यनजर गर्दै मोदी गाँउपालिकाले ५८औँ राष्ट्रिय बाल दिवस मनाएको छ ।
बालबालिकाहरुलाई पालिकाको गाँउ सभा सञ्चालन सम्बन्धी जानकारी गराउन बाल दिवसको अवसरमा गाँउ सभा सञ्चालन सम्बन्धी नमुना अभ्यास (बाल सभा)कार्यक्रमको आयोजना गरीएको हो । मोदी गाँउपालिकाको दशवटा मा.वि विद्यालयका विद्यार्थीहरुले बाल दिवसको अवसरमा मोदी सभा हललाई गाँउ सभा मय बनाएका थिए । बालबालिकाहरुका लागि यस्ता खालका कार्यक्रम निकै महत्वपुर्ण रहेको मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले बताउनुभयो । मोदी गाँउपालिकालाई बालमैत्री स्थानिय तह घोषणा गर्ने तयारी भएको र प्रत्यक वडाहरुमा बालबालिकाहरुलाई बाल अधिकार र हक हित सम्बन्धी नियम कानुनको जानकारी गराउन र बालबालिकाहरु आफै पनि सचेत रहनु पर्ने मोदी गाँउपालिकाका उपाध्यक्ष बिमल लामिछानेले बताउनुभयो । बाल दिवसको अवसरमा गाँउ सभा सञ्चालन सम्बन्धी नमुना अभ्यास (बाल सभा)कार्यक्रममा बाल अधिकार को बिषयमा बोल्दै बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरु विद्यार्थीहरुले निकै उत्साहाका साथ बाल गाँउ सभा सञ्चालनका माध्यमबाट आफ्नो प्रस्तुति राखेका थिए । सामाजिक विकास कार्यालय पर्वत र सोडेक नेपाल पर्वतको सहकार्यमा भएको कार्यक्रमको आयोजना मोदी गाउपालिकाले गरेको हो ।