मावि शिक्षक पदको विज्ञापन खुल्यो

काठमाडौं।

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट पुस २५ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुपर्ने आयोगले जारी सूचनामा उल्लेख गरिएको छ ।

उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://tsc.gov.np डाउनलोड / सूचना/विज्ञापन तबद बाट प्राप्त गर्न र हेर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *