मोदी गाउँपालिकाको विपत् व्यवस्थापन बैठक सम्पन्न भएको छ । बर्खायाममा पलिका भरी जतिबेला पनि विपत् आउन सक्ने भएकाले त्यसको व्यवस्थापन गर्नका लागि बैठक सञ्चालन गरिएको हो । बैठकले कार्यविधि अनुसार मनसुन जन्य विपतलाई अनुगमन गर्ने निणय गरेको छ । मनसुन सुरु भएसगै विपतका घटनाहरु हुन सक्ने भएकाले मोदी बासि आमा बुवा दाजुभाई तथा दिदि बहिनीहरुलाई सतर्क रहन आफु पनि जोगिन र अरुलाई पनि जोगाउन मोदी गाउपालिकाका अध्यक्ष हिरादेवी शर्माले अनुरोध गर्नुभएको छ । बैठकमा सरोकार निकायका अग्रज व्यक्तित्वहरुले विपत सम्वन्धी धारणा राखेका थिए। बैठकमा कार्यविधि अनुरुप क्षती भएका अथवा मापदण्डमा परेका पिडीतहरुलाई राहात वा आवश्यक सहयोगको व्यवस्था गरिने निणय भएको छ ।