पर्वत ।
जिल्लाको मोदी गाउँपालिकाले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने लक्ष्यसहित “डिजिटल स्मार्ट कृषि प्रणाली परियोजना” सुरु गरेको छ। मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालनमा आएको यस परियोजनामा कृषक, समूह र फर्मलाई आकर्षक अनुदान दिइनेछ।
पालिकाका अनुसार सुन्तला, कफी र अलैंची उत्पादन विस्तारमा ७५ प्रतिशतसम्म तथा प्रशोधन केन्द्र स्थापनामा पनि सोही अनुपातमा अनुदान उपलब्ध गराइनेछ। सिँचाइ प्रणाली निर्माण तथा सुधारमा अधिकतम ९० प्रतिशत र कृषि औजार खरिदमा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो।
यस परियोजनामार्फत आधुनिक प्रविधि प्रयोग बढाई उत्पादन र आम्दानी वृद्धि गर्ने लक्ष्य राखिएको छ।
