मोदी गाउँ पालिकाको सन्दर्भमा वर्षा, भूपरिवेष र विपद् व्यवस्थापन

लेखक : विष्णु प्रसाद सुबेदी

नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर कास्कीको लुम्ले कांडेलाई मानिएको छ। तात्कालिक समयमा व्रिटिस सरकारको सहयोगमा लुम्लेमा स्थापित लुम्ले कृषि केन्द्रले लुम्लेमा वर्षा मापन केन्द्र स्थापना गरेको थियो । सोही समयमा पर्वत देउपुरको मैदानमा,टापुमा,भुकताङलेमा लेस्पारमा,बाजुङमा,राम्जा चित्रेमा ,दाईसिङमा,घान्द्रुक लगायतका विभिन्न स्थानमा वर्षा मापन केन्द्र स्थापित थिए । ती सबै केन्द्र हरुमा एक एक जना कर्मचारीहरु खटाई प्रत्येक दिन वर्षा र वायुचाप एवम् तापक्रम रेकर्डिङ गरिन्थ्यो ।
सबै ठाउँमा दैनिक र साप्ताहि रुपमा वर्षा रेकर्डिङ हुन्थे । देउपुरको मैदानमा रहेको मापन केन्द्र र लुम्लेको मापन केन्द्रको रेकर्डिङ अक्सर एउटै हुने तात्कालिक रेकर्डर स्व.डा लालकाजी गुरुङले बताउनु हुन्थ्यो । लुम्लेमानै अत्यधिक बर्षा हुने पुष्टि गरिएता पनि भौगोलिक रुपमा लुम्ले र मोदी गाउँ पालिका वायु सतहमा दुरीका हिसाबले करिब १देखि २ किलोमिटर र समान वायु रेखामा छन्।
सामन्यतया वर्षा याममा पूर्विय मनसुन सकृय रहि वाष्प वादलहरु पूर्वबाट पश्चिमा प्रवाहित हुने हुनाले उक्त वाष्प वादलहरुलाई मोदी गाउँ पालिकाको पश्चिममा रहेका बाजुङ्को वराहा पोखराी हुदैं क्याङ्,लेस्पार ,माटे,हम्पाल,मोहरेडाडा ,उल्लेरी बुक्यानसम्म उत्तर- दक्षिण फैलिएका अग्ला ठाडा पहाडहरुले अक्सर अधिक रुपमा छेकेर राख्दछन् र त्यो अग्लो ठाडो पहाडी श्रृङखला भन्दा यतै मोदि गाउँपालिका भित्रै जलवर्षा अधिक हुने गर्दछ । तसर्थ मोदी गाउँ पालिका पनि नेपालको सबैभन्दा बढी पानी पर्ने क्षेत्र रहेको
हामीले अनुभव गर्दै आएका छौं ।
तसर्थ मोदी गाउपालिकाले यहाँका वस्ती स्थापना ,विकास संरचना निर्माण,सडक संरचना विस्तार र निर्माणकार्यमा जोखिम न्यूनिकरणका पूर्व तयारी गर्नुपर्दछ ।
वर्षायाममा विगत धेरै वर्ष अगाडिदेखि मोदि गाउँपालिकामा अक्सर नेपालमै धेरै जन-धनको क्षति हुँदै आईरहेको छ। बाढी पहिरो ,भूक्षय र चट्याङ जस्ता प्राकृतिक प्रकोप यसैका कारणहरु हुन्।
यसतर्फ सम्वन्धित निकायको ध्यानाकर्षण रहोस् । जसले वर्षामा प्रकृतिक विपत्ति सहन नपरोस् ।
जय मोदी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *