अख्तियारको पालिका स्तरीय अन्तरक्रिया मोदीमा सम्पन्न 

पर्वत ।

“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको आयोजनामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरु एवं स्थानीय तहलाई आयोगका सुझावहरुका सम्बन्धमा कार्यालय प्रमुख आस्मान तामङले प्रष्ट पार्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले भ्रष्टाचार नियन्त्रण गर्न सबैको सहयोग हुनुपर्ने भन्दै गाँउपालिकाभित्र रहेका सबै सार्वजनिक पदाधिकारीहरुले कानूनको पालना गर्न र सदाचार निर्माणमा ध्यान दिन अनुरोध गर्नु भयो। उहाँले अख्तियारको कार्यप्रति आफ्नो सहयोग रहने वचन सहित कार्यक्रम सञ्चालन गर्नु भएकोमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो।

मोदी गाँउपालिकाका उपाध्यक्ष विमल लामिछाने र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले स्थानीय तहले आयोगका सुझावहरु कार्यन्वयन गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो । अन्त्यमा कार्यक्रमका अध्यक्ष आस्मान तामाङले छलफलमा उठेका सवालहरुको सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रणमा सर्वपक्षीय चासो, सक्रियता र सहयोग हुनुपर्ने विषयमा जोड दिदै भ्रष्टाचारजन्य कार्यको जानकारी हुनासाथ सूचना गर्न सबैमा आग्रह गर्नु भयो।

कार्यक्रममा मोदी गाँउपालिकाका अध्यक्ष ,उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत, गाँउ सभाका सदस्यहरु, शाखा प्रमुखहरु, क्याम्पस तथा मा.वि.का. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय गैर सरकारी संस्था तथा नागरिक समाजका प्रमुख प्रतिनिधिहरु, सञ्चारकर्मी, स्थायी प्रकृतिका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरु लगायको उपस्थिति रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *