अज्ञात समूहद्धारा बिद्यालयमा तोडफोड, सुरक्षाको व्यवस्था मिलाउन स्थानीयहरुको माग

मोदी, पर्वत।

जिल्लाको मोदी गाउँपालिका वडा नं २, देउपुर, टापुमा रहेको आदर्श आधारभूत विद्यालयमा बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।अज्ञात समूहले विद्यालयको अफिस भित्र रहेका शिक्षकका कागजपत्रहरु, कुर्ची, टेवल, दराज लगायतका भौतिक सामाग्रीहरु तोडफोड गरेको विद्यालयका प्रध्यानाध्यापक देबनाथ गिरीले बताउनु भयो ।
प्रअ गिरीका अनुसार बिद्यालयमा रहेका शिक्षकका कागजपत्रहरु र सातहजार पाँचसय नगद समेत लगिएको छ ।

May be an image of indoor

शुक्रबार बिहान १० बजे बिद्यालयको कार्यालय खोल्दा फर्निचर तथा कागजातहरु छरपस्ट अबस्थामा भेटिएको थियो । बिद्यालय तोडफोड भएको पाइए पछि वडा कार्यालय, गाउँपालिका तथा डिमुवा प्रहरी चौकीमा खबर गरिएको थियो ।
तोडफोडको खबर पाएपछि डिमुवा प्रहरी चौकीबाट तत्कालै बिद्यालयमा पुगेको प्रहरी टोलीले घटनाको मुचुल्का गरी अनुसन्धान अगाडि बढाएको छ । उक्त घटनाको कारण र तोडफोड गर्ने समूहको हालसम्म पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।

May be an image of indoor
घटनाको जानकारी पाए लगत्तै बिद्यालयमा पुग्नु भएका वडाध्यक्ष तिमिल्सिनाले बिद्यालय जस्तो सार्वजनिक स्थलमा भएको तोडफोड निन्दनीय भएको बताउदै दोषीलाई कार्वाही गराउन पहल गरिने बताउनु भयो ।
सो गाउँमा जाँडरक्सी सेवन गरी होहल्ला गर्ने, पटक पटक चोरी, आगलागी तथा तोडफोड गर्ने जस्ता उच्छृङ्खल गतिविधिहरुमा बृद्धि भइरहेको हुँदा भरपर्दो सुरक्षाको व्यवस्था मिलाउन स्थानीयहरुले माग गरेका छन् ।

 

No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *