अझै रोकिएन विद्यालय कर्मचारीको आन्दोलन : मागप्रति सरकार उदासीन

काठमाडौं।

दुई साता अघि देखि शुरू भएको सामुदायिक विद्यालयका कर्मचारीहरूकाे आन्दोलन अझै टुङ्गिएको छैन । सरकार उनीहरूका मागप्रति बेखबर जस्तै बनेको छ । माग पुरा गर्दैन काठमाडौं केन्द्रित भएका  विद्यालय कर्मचारीहरुले आज पनि विरोध प्रदर्शन गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आयोजनामा विद्यालयका कर्मचारीले माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनरत कर्मचारीले चक्काजाम गर्न खोजेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । पक्राउ गरेसँगै केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा–सुविधाको विषयमा नीति तथा कार्यक्रममा उल्लेख भए पनि बजेटमा नसमेटिएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *