अनमोल युवा क्लबको आयोजनामा सन्दीप केसी स्मृति कप सुरु

पर्वत ।

मोदी गाउँपालिका वडा नं. ६, गिज्यानमा अनमोल युवा क्लबको २७ औं वार्षिकोत्सब तथा सन्दीप केसी स्मृति कप सुरु भएको छ । शनिवारबाट पौष ५ गतेसम्म संचालन हुने कार्यक्रममा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मोदी गाउँपालिका अध्यक्ष हिरादेबी शर्माले क्लबले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।उहाँले कार्यक्रमको सफलताका लागि पालिकाले क्लबलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनमोल युवा क्लबले सामाजिक उत्तरदायी भुमिकालाई आत्मसात गर्दै विभिन्न कार्यहरू गरेको क्लबका अध्यक्ष दिलिप मल्लले जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो  ।

कार्यक्रममा मोदी गाउँपालिका-६ का वडा अध्यक्ष दिपेन्द्र जंग लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु  भएको थियो। कार्यक्रममा सहयोगी व्यक्तिहरुलाई सम्मान गरिएको थियोे ।

सबैको साथ र सहयोगले गर्दा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न लागिएको कार्यक्रम संयोजक निमेष महतले बताउनु भयो । कार्यक्रममा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, जेष्ठ नागरिक सम्मान लगायतकका कार्यक्रम संचालन हुनेछन् ।
कार्यक्रममा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने क्लबले जनाएको छ ।
यहीँ मंसिर ३० गते बहुचर्चित कलाकार राजु परियार, देवि आले, चित्रसागर श्रेष्ठ, सलिना गुरुङ लगाएको सांस्कृतिक प्रस्तुति रहनेछ ।

क्लबका अध्यक्ष दिलिप मल्लको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गिज्यान आमा समुहका अध्यक्ष शोभा कुमारी मल्लको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पत्रकार लक्ष्मण बिसि र सन्दिप बस्यालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *