आजबाट एमडीएमएस प्रणाली कार्यान्वयनमा

काठमाण्डौ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आजदेखि लागू भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले  मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले उक्त प्रणाली स्थापना गरेको हो ।

यो प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने भएकाले अवैध तरिकाले भित्राइएका मोबाइल अब चल्ने छैनन्।

यो प्रणालीमा दर्ता नभई भन्सार छलेर ल्याइएका मोबाइलहरु नचल्ने भएकाले नेपालको मोबाइल बजार पूर्णवैधानिक हुने प्राधिकरणको विश्वास गरिएकाे छ । यो प्रणाली प्रयोगमा ल्याउन करिब ८० करोड खर्च भइसकेको प्राधिकरणले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *