आज एकै दिन १२ हजार ३३८ जनामा सङ्क्रमण

नेपालमा थप १२,३३८ जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोभिड महमारी सुरु भएपछि दैनिक पुष्टि भएका सङ्क्रमितको यो नै सर्वाधिक सङ्ख्या हो।

विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ५७,००० नाघेको छ।

विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ।

डेल्टा भेरिअन्टका कारण अघिल्लो लहरमा फैलिएकोमा यसपालि ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्। तर सरकारले ओमिक्रोनबारे छुट्टै तथ्याङ्क भने दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *