आज तमु ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

पर्वत ।

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

तमु ल्होसार पर्वको अवसरमा गुरुङ समुदायले आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदै छन् ।

नेपालका विभिन्न स्थानमा गुरुङ जातिको बसोबास भए पनि अन्यत्र भन्दा गण्डकी प्रदेशमा यो जातिको बाहुल्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *