पर्वत ।
हिन्दूहरूको महान् पर्व दसैँ आजबाट सुरु भएको छ । नवदुर्गा भवानीको पूजा–आराधना गर्ने, राम्रो लगाउने, मिठो खाने र मान्यजनका हातबाट टीका जमरा लगाउने, आशीर्वाद ग्रहण गर्ने चाडका रूपमा दसैँलाई लिइन्छ ।
नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा–आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।