आज यमपञ्चकको पहिलो दिन: काग तिहार

पर्वत ।

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ ।

यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *