काठमाडौँ ।
निर्वाचन आयोगले आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ । सहायक प्रवक्ता सीता पुनका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । माघ ६ गते उम्मेदवारी मनोनयन हुने तय भएको छ ।
आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ । आचारसंहिता कार्यान्वयनबारे आयोगले प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरिसकेको छ । आचारसंहिता लागू भएपछि सरकार र राजनीतिक दलहरूले त्यसअनुसार गतिविधि गर्नुपर्नेछ ।
Screenshot

