आदर्शमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण

माेदी, पर्वत ।
जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुर टापुमा रहेको आदर्श आधारभूत विद्यालयमा अध्ययनरत ३२ जना बिद्यार्थीहरुलाई आज एक समारोहकाबीच न्यानो कपडा वितरण गरिएको छ । पाङ धैरेनी माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी स्वस्थानी रिजालले उक्त न्यानो कपडा वितरण गर्नु भएको हो ।

No description available.

चिसो मौसमका कारण बालबालिकालाई हुने प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको समाजसेवी रिजालले बताउनु भयो।
चिसोको समयमा समेत पातलो कपडामा बिद्यालय आउने गरेका बालबालिका न्यानो कपडा पाएसँगै खुसी भएका छन् ।

न्यानो कपडाअन्तर्गत बालबालिकालाई उपलब्ध गराएको स्वीटरले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक देबनाथ गिरीले बताउनु भयो ।
विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा धन्यवाद दिदै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र चापागाईले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।

May be an image of 5 people, child, people standing and outdoors

May be an image of 10 people, people standing and outdoors

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *