आन्दाेलन पछि बालबिकास सहजकर्ता र सहयोगीको तलब वृद्धि

May be an image of 5 people, people standing and outdoors

पर्वत

कुश्मा नगरपालिकाले बालबिकास सहजकर्ता बिधालयका कर्मचारी तथा बिधालयका सहयोगीको तलब बृद्धि गरेको छ । नगरपालिकाकाे आज बसेको बैठकले तलब बृद्धि गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी बिस्णुप्रसाद तिवारीका अनुसार बालबिकास सहजकर्ता लाई १५ हजार ५ सय रुपैयाँ, बिधालयका सहयोगि लाई १५ हजार र बिधालयका कर्मचारी लाई २० हजार ५ सय रुपैयाँ मासिक तलब तोकेको हो । यसरी तलब बृद्धि गर्दा नगरपालिका लाई वार्षिक १ करोड ५० लाख रुपैयाँ दायित्व बढ्नेछ । कुश्मा नगरपालिका भित्रका बिधालयमा ७० जना बालबिकास सहजकर्ता, १८ जना बिधालय कर्मचारी र ६५ जना बिधालय सहयोगी रहेका छन ।

May be an image of 5 people, people sitting and people standing

शिक्षक कर्मचारीहरु तलव बढाउने माग सहित आन्दोलनमा थिए । नगरप्रमुख रामचन्द्र जोशिले शिक्षकहरुको माग सम्बोधन गर्नुपर्छ भन्नेमा आफु सकरात्मक भएर निर्णय गरेको बताउनुभयो । संघिय सरकारले बजेटमा तलब बढाउने घोषणा मात्र गरेको तर स्रोत सुनिश्चितता नगरपालिका आफैले गर्नुपर्दा केहि दिन अन्योल भए पनि अब शिक्षकले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य भएको जोशीले बताउनुभयो ।

No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *