आन्दोलनका कार्यक्रम रोकेर वार्तामा आउन शिक्षक महासंघलाई सरकारको आग्रह

काठमाण्डौ ।

आन्दोलनका कार्यक्रमहरु स्थगित गरी वार्तामा आउन शिक्षक महासंघ लाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । शिक्षा सचिव सुरेश अधिकारीले विद्यालय बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरिएको बताए ।

विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा संशोधनमा जान सकिने बाटो खुला नै छ । मन्त्रालयको हातमा नरहेको विषयमा महासंघले लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध गर्ने गरी आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ ।

तर  शिक्षक महासंघले विधेयकमा संशोधन नगरिए सम्म  आन्दोलन नरोकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *