पर्वत ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लव अफ पोखरा अभियानको आयोजना, दिर्घायु पोखरा हस्पिटल प्रालिको प्राविधिक सहयोग र आर्थर डाँडाखर्क वडा कार्यालयको समन्वयमा सम्पन्न शिविरमा ६६० भन्दा बढि स्त्रीरोग, हाडजोर्नी, बालरोग, एकुपंचर सम्बन्धी समस्या भएका बिरामीहरुको उपचार गरिएको थियो ।
सो अवसरमा स्वास्थ्य परीक्षण, रक्त परीक्षण, भिडियो एक्सरे लगायतका सेवाहरु समेत प्रदान गरिएको थियो ।
स्वास्थ्य शिविरवाट लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका र आर्थिक अभावका कारण उपचारबाट बञ्चित बनेका परिवारहरु यस अघि आयोजित उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भिम गुरुडले स्वास्थ्य सबैभन्दा ठूलो कुरा भएको बताउँदै ग्रामीण क्षेत्रका नागरिकहरुको स्वास्थ सेवाका लागि शिविर संचालन गरिएकोमा आभार व्यक्त गर्नु भएकाे थियाे ।
शिबिरमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रक्ट ३२५ जी वानका नेपाल चिफ एडभाइजर बिनाेद ढुंगाना, लायन दुर्गादत्त पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम लायन्स क्लव अफ पोखरा अभियानका अध्यक्ष डा. डिलाराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।