इन्डोनेशियामा भीषण ज्वालामुखी- कम्तीमा १३ को मृत्यु

इन्डोनेशियाको जाभा टापुमा शनिवार ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको र दर्जनौँ अरू घाइते भएको आपत्कालीन सेवामा जुटेका अधिकारीहरूले बताएका छन्।

माउन्ट सेमेरुबाट निस्किएको खरानीको बादलबाट बच्न स्थानीय बासिन्दाहरू भागिरहेका दृश्यहरू सार्वजनिक भएका छन्।

तस्बिरहरूमा देखिए अनुसार एउटा गाउँ पुरै ज्वालामुखीको खरानीले पुरिएको छ। गाउँका बासिन्दाहरूले जनाए अनुसार खरानीको बाक्लो बादलले सूर्यको प्रकाश छेकिदिँदा उनीहरू बसेको ठाउँमा अन्धकार छाएको थियो ।

स्थानीय बासिन्दाहरू ज्वालामुखीको खरानीबाट बच्न भागेका थिए ।

अधिकारीहरूका अनुसार ५७ जना घाइते भएका छन्। कैयौँलाई लाभाले नराम्ररी पोलेको छ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

ज्वालामुखी विस्फोट हुँदा लुमाजाङ जिल्लाका कम्तीमा ११ गाउँ खरानीले छोपिएका छन्। त्यसैले कैयौँ मानिसहरू मस्जिद र अस्थायी आश्रय स्थल पुगेका थिए।

उद्धार कार्य बाक्लो धुवाँ, बिजुली गएको र आँधीका कारण प्रभावित भएको छ।

स्रोत विविसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *