पर्वत ।
व्यवसाय तथा रोजगारको लागि भौतारीएका पर्वतका बेरोजगार युवाहरुको लागि उद्यमशिलता संचालनका लागि नेष्डो समृद्ध समुहका अध्यक्ष बिश्वप्रकाश प्रसाईले १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
अन्तराष्ट्रिय युवा दिवसका अवसरमा पर्वतमा क्रियाशिल युवा संस्थाहरुले कुश्माको शिवालयचोक स्थित होटल स्वर्गमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अवसरमा प्रसाईले उक्त कोष स्थापनाको लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।
उक्त सहयोगले जिल्लास्तरमा आईडिया बैक स्थापना गरी स्थानीय स्रोत र साधानमा आधारीत प्रत्येक व्यवसायको सम्भावना, लाभ लागत र बजारको अवस्थालाई अध्ययन गरी आफ्नै देशमा केही गर्दछु भन्ने र अवसरवाट बन्चीत युवाहरुलाई उद्यम संचालन गर्नको लागि सीड मनीको रुपमा प्रयोग गरिने भएको छ ।
जिल्लाका अगुवा तथा व्यवसायीक उद्यमीहरुको समन्वय तथा सहकार्यमा संचालन गरिने उक्त कार्यक्रममा व्यवसायको अध्ययन एवम् छनौट, प्राबिधिक सहयोग, सीड मनी बितरण, सरोकारवाला निकाय सँग समन्वय, बजारीकरणमा सहयोग तथा सहजीकरण आदी रहने छन् ।
उक्त कोषको संचालनको लागि बिभिन्न युवा संघसंस्था सँग संयोजन गरी कार्यबिधि बनाउनको लागि फ्रन्टलाईन नेपालले पहल गर्नेभएको छ । फ्रन्टलाईन नेपालका अध्यक्ष शिवप्रसाद शर्माले उक्त कोष संचालन र प्रयोग सम्बन्धी कार्यबिधि तयार गरि तत्काल कार्यान्वयनको लागि पहल गरिने बताए ।