उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, आज मतदान हुँदै

इलाम २ र बझाङ प्रदेश (१) मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ ।

एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

६१ हजार सात सय ४८ मतदाता रहेको बझाङ प्रदेश (१) मा दलबाट १२ जनाको उम्मेदवारी परेको छ । ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा ६ सय ५१ कर्मचारी र एक हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न मतदातालाई अपिल गरेको छ । चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालनामा विशेष सजगता अपनाइएको आयोग स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *