कक्षा १२को उत्तर पुस्तिका परीक्षण पुनः सुरू

काठमाडाैँ । कक्षा १२को उत्तर पुस्तिका परीक्षण पुनः सुरू भएको छ । दशैँ बिदाका कारण रोकिएको उत्तर पुस्तिका परीक्षणको काम आजबाट पुन: सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले मंसिरको पहिलो साता कक्षा १२को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत साउन ३१ गतेबाट हुने भनिएको कक्षा १२को परीक्षा कोरोना भाइरसको महामारी बढेका कारण स्थगित भइ भदाै ३० गतेबाट सुरू भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *