कक्षा १२ को परीक्षा केन्द्र निर्धारण

काठमाडाैँ ।

कक्षा १२ को वार्षिक परीक्षाको केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिएको हो ।

कक्षा १२ को वार्षिक परीक्षा जेठ १६ गतेदेखि हुने तालिका यसभन्दा अघि नै प्रकाशन भइसकेको छ । १६ गते सुरू भएको परीक्षा जेठ २५ गते सकिने तालिका रहेको छ ।

परीक्षा केन्द्र विवरण बोर्डको वेभसाइटमा https://www.neb.gov.np मा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *