काँग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं।

नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो ।

मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँनु भएकाे थियाे । मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।

सभाापति पदका लागि दोस्रो चरणमा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी डा. शेखर कोइरालाले१८ सय ५५ मत प्राप्त गर्नुभएको छ । यसैगरी ३३ मत बदर भएको छ । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिका लागि तीन वटा मतपेटीकामा मत खसालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *