कामना सेवा बिकास बैकद्धारा बिद्याज्योति आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

माेदी, पर्वत ।

कामना सेवा बिकास बैंक लिमिटेड डिमुवा शाखाले बैंकको १५ औ बार्षिकोत्सवको अवसरमा यहाँकाे एक बिद्यालयलाई सहयाेग गरेकाे छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत मोदी गाउपालिका वडा नं. ०३, घुरुङ्गसेरामा रहेको बिद्याज्योति आधारभूत बिद्यालयलाई शुक्रबार एक समाराेहका बीच शैक्षिक सामाग्री तथा डस्टविन हस्तान्तरण गरिएको हाे ।

May be an image of 12 people, people standing and outdoors

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले बैकको सामाजिक उत्तरदायित्व अन्तरगतको सहयोगले बैंक र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन मद्धत पुग्ने बिचार व्यक्त गर्नुभयो । उहाँले समुदायस्तरमा हुने हरेक आर्थिक गतिबिधिहरु बैंक मार्फत नै सञ्चालन गर्न ब्यवस्था मिलाउने बताउनु भयो ।

सोही अबसरमा बोल्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काले बैकको सहयोगले बिद्यालयको शैक्षिक स्तर एवं वातावरणीय सरसफाइमा सुधार गर्न टेवा पुग्ने बताउनुभयो ।

May be an image of 6 people, people standing and outdoors

बैंकका धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारीले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जानकारी दिनुभयो ।

कार्यक्रममा बैकका धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारी , कुश्मा शाखा प्रमुख शिव आचार्य तथा डिमुवा शाखाका कर्मचारी मोहन सुवेदी र हरि प्रसाद गौतम लगायत बिद्यालयका शिक्षक शिक्षिकाहरु, बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन डिमुवा शाखा प्रमुख किशोर तिमिल्सिनाले गर्नु भएको थियो ।

May be an image of 9 people, people standing and outdoors

May be an image of 3 people, people standing and outdoors

Leave a Reply

Your email address will not be published. Required fields are marked *