मोदी, पर्वत ।
कास्की र पर्वत आसपासका क्षेत्रमा हिजो राती देखि अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहावको जोखिम छ ।
कुस्मा-पोखरा सडकखण्ड, घान्द्रुक र त्यस आसपास पहिरोको जोखिम छ । त्यसैले कमजोर र भिरालो जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।