कुश्माकाे खरेहाबाट रकम सहित आठ जना जुवाडे पक्राउ

पर्वत ।

सदरमुकाम कुश्मा स्थित खरेहाको एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ९ लाख बढी रकम सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा गोविन्द अधिकारीको घरबाट हारजितको जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । जुवाको खालबाट ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ नगद सहित पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

May be an image of money

पक्राउ पर्नेहरूमा कुश्मा नगरपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय भोज कुमार श्रेष्ठ, वडा नम्बर ६ बस्ने ४१ वर्षीय दिपेन्द« बहादुर भण्डारी, वडा नम्बर ११ बस्ने वर्ष ५० का बाबुराम पौडेल, वडा नम्बर ६ बस्ने ४७ वर्षीय हर्कमान गुरुङ, वडा नम्बर ९ बस्ने ५६ वर्षका गोविन्द अधिकारी, वडा नम्बर २ बस्ने ३४ वर्षका विष्णु प्रसाद बास्तोला, वडा नम्बर ५ बस्ने ५४ वर्षीय मीन प्रसाद श्रेष्ठ र फलेवासका ५९ वर्षीय जित बहादुर सुनार रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरूलाई आज आइतबार जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट पहिलो पटक १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उनीहरूलाई शुक्रवार बेलुका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *