कुस्माका पत्रकार तथा अधिवक्ता शर्माद्वारा बाढीपीडित राहत कोषमा एक लाख रुपैयाँ सहयोग

पर्वत ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाका संस्थापक अध्यक्ष भोलानाथ शर्माले बाढीपीडितको सहयोगका लागि स्थापना गरिएको राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।

पेशाले अधिवक्ता समेत रहनु भएका शर्माले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको राहत कोषमा शर्माले व्यक्तिगत तर्फबाट रकम प्रदान गर्नुभएको छ । सोमबार कृषि विकास कार्यालय कुश्मा पर्वत शाखाबाट शर्माले राहत कोषमा रकम जम्मा गरिदिनु भएको हो ।

विपद्का बेला पीडित परिवारलाई राहत उपलब्ध गराउन सवै क्षेत्रबाट सहयोग आवश्यक पर्ने भन्दै शर्माले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताउनुभयो । उहाँले विपदमा परेका नागरिकको पीडामा साथ दिन सबैलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

स्थानीय कालीगण्डकी दैनिक र अभिमत साप्ताहिक पत्रिकाको सम्पादक रहनु भएका शर्मा पर्वतको कुश्मा नगरपालिका स्थित वडा ५ बसोबास गर्नुहुन्छ । शर्मा पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । पत्रकार तथा अधिवक्ता शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपीडितका लागि सहयोग गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *