कुस्माकाे दुर्लुङ चोकमा जीप दुर्घटना , पाँच जना घाइते

पर्वत । 

जिल्लाको सदरमुकामु कुश्मा बजारकाे दुर्लुङ चोकमा जीप दुर्घटना भएको छ । कुश्मा नगरपालिका वडा न ७ दुर्लुङ चोकमा बागलुङ देखि नारायणगढ जाँदै गरेको ना १ ज ५४३१ नम्बरको जीप आज बिहिबार दिउँसो दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

जीपमा सवार ११ जना मध्ये अन्यको अवस्था सकुशल रहेको छ । ब्रेक फेल भएकाे कारण दुर्घटना भएको चालकको भनाइ छ ।

दुर्घटनामा परी बागलुङ जिल्लाको काठेखोला गापा वडा न ५ विउ बस्ने ८७ बर्षका प्रज्ञा बहादुर पुन, सोहि स्थानका १२ बर्षकी जमुना सापकोटा र १४ बर्षका लक्ष्मी सापकोटा, चितवन भरपुर महानगरपालिका ९ बस्ने १३ बर्शका लबसन गैरे र ४० बर्षकी राधिका गैरे घाइेते भएका छन् ।घाइतेहरुको पर्वत अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *